काठमाडौं।
सन् २०२० देखि २०२४ सम्म भारत विश्वकै दोस्रो ठूलो हतियार आयातकर्ता बनेको छ। उक्त अवधिमा भारतले विश्व हतियार आयातको ८.३ प्रतिशत हिस्सा ओगटेको थियो। हतियार आयातकर्ताको पहिलो नम्बरमा युक्रेन रहेको छ ।
भारतका लागि सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता देश भने रुस हो। यद्यपि, भारतले पछिल्लो समय आफ्नो हतियार आपूर्तिका स्रोतहरूमा विविधीकरण गर्दै फ्रान्स, इजरायल र संयुक्त राज्य अमेरिकासँग पनि हतियार खरिद बढाएको छ।
यसैबीच, पाकिस्तानको हतियार आयातमा पनि उल्लेखनीय वृद्धि भएको छ। सन् २०१५ देखि २०१९ सम्मको अवधिसँग तुलना गर्दा २०२०–२४ मा पाकिस्तानको हतियार आयातमा ६१ प्रतिशतको वृद्धि भएको छ। यस अवधिमा पाकिस्तानले कयौं युद्धक विमान र युद्धपोतहरू खरिद गरेको हो।
पाकिस्तानले चीन टर्की, नेदरल्यान्डस्लगायतका देशबाट हतियार आयात गर्दै आएको छ , वैश्विक सन्दर्भमा, पाकिस्तान विश्वको पाँचौं ठूलो हतियार आयातकर्ता बनेको छ। सन् २०२०–२४ मा पाकिस्तानले कुल विश्व हतियार आयातको ४.६ प्रतिशत हिस्सा ओगटेको थियो। भारत र पाकिस्तानको हतियार खरिदमा देखिएको यो प्रवृत्तिले दक्षिण एसियाली सुरक्षा सन्तुलनमा थप जटिलता थप्ने विश्लेषकहरूको ठम्याइ छ।
एजेन्सीहरु











प्रतिक्रिया