गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा 


काठमाडौ ।

गभर्नर सिफारिस समितिको सदस्यबाट विश्व  पौडेलले राजीनामा दिएका छन् । उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

अर्थ मन्त्रीको सचिवालयका अनुसार पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएका हुन्।

 नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेपछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् ।

यसअघि पूर्व गभर्नर बिजयनाथ भट्टराईले पनि राजिनामा दिएका थिए, उनको स्थानमा पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई ल्याईएको थियो।