पाकिस्तानका सूचनामन्त्री तरारले भने- ‘पाकिस्तानलाई जवाफ दिने पूर्ण अधिकार छ’


काठमाडौँ।

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानले कुनै पनि उत्तेजक कारबाही नगरेको बताएका छन्। उनले पाकिस्तानले केवल सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको बताएको बीबीसीको समाचारमा उल्लेख छ।

जम्मू शहरको रेहारी कोलोनीमा भएको आक्रमणमा धेरै घरहरूमा क्षति पुगेको र धेरै सवारी साधनका झ्यालहरू फुटेको स्थानीय मानिसहरूले बताएका छन्।

यद्यपि, अताउल्लाह तरारले नागरिकलाई लक्षित गरेको आरोप अस्वीकार गरेका छन्।

यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा उनले भने, “पाकिस्तानले केवल सैन्य अड्डाहरूलाई मात्र निशाना बनाएको छ।”उनले भने,यो पाकिस्तानले भड्काएको होइन र पाकिस्तानलाई जवाफ दिने अधिकार छ। देशको सेनालाई आक्रामकताको जवाफ दिने पूर्ण अधिकार छ।”

शनिबार नै भारतले पाकिस्तानले उच्च गतिको क्षेप्यास्त्र प्रयोग गरेको आरोप लगाएको थियो।-बीबीसी