अमेरिकी विदेशमन्त्री रुबियोलेले भारतीय विदेशमन्त्री जयशंकर र पाकिस्तानी सेना प्रमुखसँग के कुरा गरे?


एजेन्सी।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकर र पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरसँग कुरा गरेका छन्।

भारतका विदेशमन्त्री एस. जयशंकरले आफ्नो एक्स अकाउन्टमा मार्को रुबियोसँगको कुराकानीको बारेमा जानकारी दिएका छन्। उनले भनेका छन् , “आज बिहान मैले अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गरें। भारतको अडान सधैं संयमी र जिम्मेवार रहेको छ र भविष्यमा पनि यस्तै रहनेछ।”

यससँगै अमेरिकाले भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको वार्ताबारे विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कुरा गरे। विदेशमन्त्री रुबियोले दुवै पक्षले एकअर्कासँग प्रत्यक्ष कुराकानी गर्ने तरिकाहरू खोज्नुपर्नेमा जोड दिए ताकि तनाव कम होस् र कुनै गलतफहमी नहोस्।”

यसका साथै विदेशमन्त्री रुबियोले भविष्यमा कुनै पनि विवादबाट बच्न अमेरिकाले दुई देशबीचको वार्तामा मद्दत गर्न सक्ने प्रस्ताव पनि गरे।

यसैबीच, अमेरिकाले पाकिस्तानी सेना प्रमुख असिन मुनीरसँगको वार्ताको बारेमा पनि एक विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “विदेशमन्त्री मार्को रुबियोले आज बिहान पाकिस्तानी सेना प्रमुख असीम मुनीरसँग कुरा गरे। यस क्रममा उनले दुवै पक्षलाई तनाव कम गर्ने उपायहरू खोज्न अपील गरे र भविष्यमा हुने द्वन्द्वबाट बच्न वार्ता सुरु गर्न अमेरिकी सहयोगको प्रस्ताव गरे।”