निर्देशक मिलन चाम्सले बायोपिक फिल्म अञ्जिला सुपरहिट भएसँगै अर्को फिल्म निर्माणको घोषणा गरेका छन्।
उनले सुम्निमा नाममा नयाँ फिल्म निर्माण गर्न लागेका हुन्। निर्देशक चाम्सले निर्माणाधीन फिल्मको मुख्य अभिनेत्रीकोे रूपमा अभिनेत्री उपासना सिंह ठकुरीलाई अनुबन्धित गरेका छन्।
प्रेमकथामा आधारित फिल्मका निम्ति उपासनाको जोडीको रूपमा भने अभिनेताका लागि भने अडिसन आह्वान गरिएको छ। बेलायतमा रहेका २० देखि २६ वर्षको व्यक्तिले अडिसनमा भाग लिन पाउनेछन्। नेपाली र अंग्रेजी भाषामा निर्माण हुने फिल्म युनिभर्सल कथा र अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै बनाउन लागिएको निर्देशक चाम्सले बताए।
फिल्मको कथावस्तु युनिभर्सल भएकाले पनि विदेशी बजारलाई लक्षित गर्दै फिल्म बन्ने चाम्सले दाबी गरे। निर्देशक चाम्सको यो ११औं फिल्म हुनेछ। चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्स्को संयुक्त ब्यानरमा बन्ने फिल्ममा राजीव थापाको कथा र पटकथा रहनेछ। फिल्म नेपाल र बेलायतमा छायांकन हुनेछ।











प्रतिक्रिया