काठमाडौं ।
भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा नौ स्थानमा मिसाइल आक्रमण गरेपछि भारत तथा पाकिस्तान दुवैले कश्मीर र पञ्जाब क्षेत्रका विद्यालय तथा कलेजहरू बन्द गर्ने घोषणा गरेका छन्।
भारतीय अधिकारीका अनुसार जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै शैक्षिक संस्थाहरू बन्द गर्ने घाेषणा गरिएकाे हाे ।
पाकिस्तानले पनि भारतको कारबाहीपछि इस्लामाबाद र पञ्जाबमा विद्यालयहरू बन्द गरेको जनाएको छ।
भारतको कश्मीरको पहलगाममा गत महिना भएको आतंककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो।











प्रतिक्रिया