काठमाडौं
भ्वाइस अफ नेपाल सिजन ६ को विजेता प्रोषेश पाण्डेलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरेको छ । यस सिजनको शीर्ष प्रायोजकको रुपमा क्लोज अपले सो पुरस्कार युनिलिभर नेपालका कानुन प्रमुख तथा कम्पनी सचिब गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो । यस वर्षको उत्कृष्ट चारका अन्य तीनजना प्रतिस्पर्धी –रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य रहेका थिए ।
क्लोज अपले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । ताजगी र नजिकिने आत्मबलमार्फत् मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासँग मेल खाने गरी, क्लोज अप को यो साझेदारी केवल ब्रान्ड प्रबद्र्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव रहेको कम्पनीले जनाएको छ ।
क्लोज अपले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । भ्वाइस अफ नेपाल जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको क्लोज अप प्रतिनिधिले बताए । सिजन ६ को समापनसँगै क्लोज अपले पुनः आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।











प्रतिक्रिया