स्कार्पियाे गाडी त्रिशूलीमा खस्यो,  ३ जना घाइते 


रसुवा 

रसुवागढी नाकाबाट काठमाडौँ जाँदै गरेको बा१य १४७५ नम्बर काे स्कार्पियाे गाडी  रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ गुम्चेत मा मंगलवार दिउँसो अन्दाजी करिब ४:१५ बजे मैलुङ- हाकु- स्याफ्रुवेसि सडक खण्डमा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका  अनुसार सडक माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा गाडीको सन्तुलन नभएपछि उक्त गाडी सडक वाट ४० मिटर तल त्रिशूली नदीमा खसेको र गाडीमा सवार ३ जना घाइते भएका छन्  ।

दुर्घटनामा गाडी चालक गंगा बहादुर गुवाजु र अन्य सवार दुई जना भुटानी नागरिक हिस्नि सेन्डिने र छिरिङ डिक्कि घाइते भएका छन ।घाइतेहरूलाई तत्कालै उद्धार गरी  २ सय १६ आयोजनामा प्राथमिक उपचार गरी थप उपचार गर्न काठमाडौँ रिफर गरिएको प्रहरी प्रमुख हेम बहादुर शाहीले जानकारी दिए ।