काठमाडौँ।
वामपन्थी नेता प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो सवा चार बजे निधन भएको छ। साहित्यकार एवं पूर्व मन्त्रीसमेत रहेका नेपालको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।
नेपालको वामपन्थी आन्दोलनका कुशल संगठक मध्ये पर्ने नेता नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए।
रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए। उनी एमालेबाट सूचना तथा संचार, शिक्षा मन्त्रीसमेत भैसकेका व्यक्ति हुन्। उनले नेपाली साहित्यमा संजय थापाको नामबाट कलम चलाउदै आएका थिए। नेपका एमालेका पूर्व स्थायीकमिटी सदस्यसमेत रहेका नेता नेपालको स्वास्थ्यमा जटिलता आएपछि सोमबार नर्भिक अस्पताको आईसीयूमा उपचार गरिदै आएको थियो।
नेता नेपालको निधनको खबर आएपछि नेकपा एमाले र नेकपा एसका नेता कार्यकर्ता लगायत उनका शुभ चिन्तकहरु नर्भिक अस्पतालमा जम्मा हुने क्रम बढ्दो छ।











प्रतिक्रिया