गत वर्ष रिलिजमा आएको फिल्म दान्भीका निर्देशक रुपेश तामाङले नयाँ फिल्म निर्माण गर्ने भएका छन्।
मल्टिस्टारर कलाकार लिएर एक्सन फिल्म बनाउने तयारीमा रहेका उनले नायिका पूजा शर्मालाई अनुबन्धित गरेका छन्। रुपेशले पूजालाई उनकै जन्मदिनको दिनमा अनुबन्धित गरेका हुन्। ‘मेरो कथाले पूजा शर्मालाई नै खोजेका कारण उहाँलाई साइन गरेका हौँ।
यसपटक अघिल्ला फिल्ममा भएका कमजोरीलाई सुधार्दै काम गर्ने कोशिस गर्नेछु’ रुपेशको भनाइ छ। नायिका शर्माले पनि आपूm फेरि एकपटक एक्सन भूमिकामा देखिन लागेको बताइन्। ‘दान्भीको एक्सनलाई दर्शकले रुचाउनुभएको थियो।
यसैले, मलाई एक्सन फिल्ममा फेरि काम गर्न मन थियो। रुपेशजीले राम्रो कथा लिएर आएपछि साइन गरेकी हुँ’ पूजाले भनिन्।
निर्देशक रुपेशका अनुसार, यसपटक फिल्ममा कलाकारहरू सरप्राइज हुनेछन्। फिल्म सुमन गजमेरले लेखिरहेका छन्। केही महिनापछि फिल्मको छायांकन शुरू गर्ने तयारी निर्माण पक्षको छ।











प्रतिक्रिया