काठमाडौँ।
नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०८२ सुरु भएको छ । आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच बलाधिकृत रथी निर्मल कुमार थापाले प्रतोयोगिताको समुद्घाटन गरे ।
टेनिस खेलको विकासका लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने दृष्टिकोणले सञ्चालन गरिएको यस प्रतियोगितामा विभिन्न ९ वटा क्लबका १५ जना महिला सहित १९६ जना खेलाडीहरूको सहभागिता रहेको छ ।
यहीं वैशाख २८ गतेसम्म जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने यस प्रतियोगितामा खुल्ला तथा भेट्रान्सतर्फ विभिन्न १२ वटा विधाका खेलहरू समावेश गरिएको छ।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू, नेपाल टेनिस संघका अध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न टेनिस क्लबहरूका पदाधिकारीहरू, नेपाली सेनाका अधिकृतहरू, सञ्चारकर्मीहरु तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया