महाराजाधिराज नाममा निर्माण हुने फिल्ममा अभिनेता रमेश उप्रेती अनुबन्धित भएका छन्। लामो समयपछि फिल्ममा फर्कन लागेका उनी फिल्मका मुख्य मध्येको एक भूमिकामा अनुबन्धित भएका हुन्।
परिच्छेद सेनले निर्देशन गर्ने फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ भने आगामी दशैंको फूलपातीलाई रिलिज डेट तोकिएको छ। फिल्ममा पल शाह अर्को मुख्य भूमिकामा हुनेछन्।
पोस्टरमा पललाई दुई अलग चरित्रमा देखाइएको थियो। जहाँ उनी एउटामा वस्त्रविहीन अवस्थामा सिंहासनमा बसेका छन् भने अर्कोमा उनको पात्र शिरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षि पहिरनमा देखिएको थियो।
विराज विष्टको प्रस्तुतिमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्काले निर्माण गर्ने फिल्ममा लेखन निर्देशक सेन स्वयंको रहनेछ ।











प्रतिक्रिया