काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले सरकार थाकेर, हारेर, कल्पनाशीलता गुमाएर नीति तथा कार्यक्रम ल्याएको भन्दै यसमा कुनै पनि नयाँपन नभएको बताएका छन् ।
शुक्रबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘यो सरकार पुरै थाकेर, हारेर, कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन । केही पछिल्ला वर्षहरुमा सुनेका कार्यक्रमहरुलाई नै निरन्तरता दिएको देखिन्छ । ०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो, तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन ।’
साथै उनले यो सरकार यति बलियो हुँदा पनि कतै ल्याएको नीतिमा कल्पनाशिलता नदेखिएको बताए । उनले सरकारले ल्याएकोे नीति तथा कार्यक्रमको आकार सरकारले घटाएर ल्याएको बताए ।











प्रतिक्रिया