जन्ते बाख्रोको रोमाञ्चक रूप


आगामी जेठ २३ गते रिलिजमा आउने फिल्म जन्ते बाख्रोको पोस्टर सार्वजनिक गरिएको छ।

हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई अघि सार्दै तयार गरिएको पोस्टरमा फिल्मका सम्पूर्ण मुख्य कलाकार फिचर्ड छन्। पोस्टरमा सबैभन्दा अगाडि एउटा बाख्रा छ, जसले गुलाबी रङको चस्मा लगाएको छ।

सार्वजनिक पोस्टरमा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपानेलगायतका कलाकारलाई प्रस्तुत गरिएको छ। पात्रहरूको हाउभाउले फिल्ममा रोमाञ्चक कथा र हास्यपूर्ण ट्विस्ट हुने संकेत गरेको छ।

सिमोश सुनुवारको निर्देशनमा बनेको फिल्ममा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतका कलाकारले पनि अभिनय गरेका छन्।

मुइन इन्टरटेनमेन्टको ब्यानरमा सन्तोष गौतमद्वारा सामाजिक कमेडी कथावस्तुमा निर्मित फिल्ममा लेखन प्रदीप भारद्वाज, छायांकन निर्देशन हरि हुमागाईं, छायांकन उत्तम हुमागाईं र सम्पादन सुनिल शिवभक्तिको रहेको छ। फिल्मका दुई गीत घामै राजा र अ“गुरको झुप्पो दर्शकले रुचाएका छन्।