आगामी वैशाख २६ गते रिलिजमा आउने सामाजिक कथामा आधारित फिल्म जारका मुख्य कलाकार सौगात मल्लको बाघसँग आमनेसामने हुनेछ।
इन्द्र बहादुर राईको कथामा आधारित फिल्ममा यो दृश्य नराखे जार नै अधुरो हुने थियो। यसलाई जसरी पनि राख्नै पर्ने थियो। नराखे जार कथा पढ्नेले फिल्म अधुरो महसुस गर्ने निश्चित थियो।
त्यसैले निर्देशक फुर्वा छिरिङ लामाले यो दृश्य राख्ने निर्णय गरे। यो दृश्यका लागि भीएफएक्सको विकल्प थिएन। ‘शुरूमा त मलाई यो सम्भव छ र भन्ने लाग्यो। किनभने कुनै पनि स्टुडियोलाई दिने हो भने यसका लागि कम्तिमा ८ देखि १० करोड रुपैयाँ लाग्ने थियो।
तर, हामीले फ्रिलान्सर भीएफएक्स आर्टिस्टलाई काम गरायौँ’ निर्देशक लामाको भनाइ छ ‘फ्रिलान्सर भीएफएक्स आर्टिस्ट प्रयोग गर्दा पनि दुई करोड रुपैयाँ खर्च भयो। ३७ जना फ्रिलान्सर भीएफएक्स आर्टिस्टले बाघको दृश्यका लागि काम गरे।’ आठ मिनेटको उक्त दृश्यका लागि हलिउड मुभी गेम अफ थ्रोन्स, मिसन इम्पोसिबललगायतका फिल्ममा काम गर्ने भीएफएक्स आर्टिस्टले काम गरेको उनले बताए।
फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारले अभिनय गरेका छन्। फिल्म नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जना











प्रतिक्रिया