काठमाडौँ।
धनगढीमा अन्तर्राष्ट्रिय लाइसेन्स प्राप्त आईडब्लूयुएफ रेफ्री प्रशिक्षकद्वारा डिप्लोमा र निर्णायक सेमिनार सम्पन्न गरिएको छ ।
धनगढीमा सम्पन्न भएको सातौं राष्ट्रिय उसु निर्णायक तथा ११ औँ राष्ट्रिय उसु डिप्लोमा परीक्षा कोर्स नेपाल उसु महासंघको तत्वावधान तथा सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा सम्पन्न गरिएको हो । सुदूरपश्चिम सरकारका निवर्तमान भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले उद्घाटन गरेको यस कार्यक्रम सात दिनसम्म सञ्चालन भएको थियो ।
उक्त सेमिनार अन्तर्राष्ट्रिय उसु महासंघ ( आईडब्लूयुएफ ) द्वारा जारी गरिएको ‘ए’ ग्रेट लाइसेन्स होल्डर जज सान्सौ विधा तर्फ रतन बहादुर खाति गोविन्द बहादुर शाहि तथा थाउलु विधा तर्फ मंन्जुर महर्जन राजेन्द्र कुमार बुढाथोकी अन्तर्राष्ट्रिय कोच निकेश श्रेष्ठ जुनि राई दक्षिण एसियाली जज प्रकास शाहीको प्रशिक्षणमा सम्पन्न भएको नेपाल उसु महासंघका महासचिब ल्हाक्पा छिरिङ लामाले जानकारी गराए ।

सेमिनार ऐतिहासिक रूपमा सफलताका साथ सम्पन गर्नुभएकोमा समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्य मन्त्री मा. सरस्वती खड्का ज्युले धन्यबाद ज्ञापन गरेकी थिइन् । राष्ट्रिय डिप्लोमा कोर्स तथा राष्ट्रिय निर्णायक सेमिनार अन्तर्राष्ट्रिय उसु महासंघ को प्राविधिक नियमावली अनुसार जारी गरिएको २०१९ संस्करणको थाउँलु टेक्निकल बुक र २०१७ को सान्सौ टेक्निकल बुक अनुसार आईडब्लूयुएफ जजहरुद्वारा आधिकारिक रूपमा प्रशिक्षण दिईएको थियो ।
सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी, बागमती, कोशी प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तर्फबाट गरी ११० जना सहभागी भएको आयोजक कमिटीका संयोजक तथा सुदूरपश्चिम प्रदेश उसु संघका कार्यवाहक अध्यक्ष राजीव गुप्ताले बताए । परीक्षामा सफलता प्राप्त गर्ने परीक्षार्थीहरूलाई प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले नेपाल उसु महासंघका अध्यक्ष वीर बहादुर तामाङ, उपाध्यक्ष दुष्यान बस्नेत लगायत अन्य विशिष्ट अतिथिहरूबाट प्रमाण-पत्र लाइसेन्स उसु टाई र मानोग्राम प्रदान गरिएको थियो ।

राष्ट्रिय उसु निर्णायक सेमिनारमा उत्कृष्ट भएका सहभागीहरुले निकट भविष्यमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगिताको सेमिनारमा पनि सहभागी हुनेछन् । साथै अन्तर्राष्ट्रिय उसु महासंघ एसियन उसु महासंघ द्वारा आगामी वर्षहरूमा सञ्चालन हुने अफिसियल जज सेमिनारमा समेत सहभागिता हुन पाउने भएका छन्।











प्रतिक्रिया