कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको समाचार असत्य : प्रहरी


काठमाडौँ।

नेपाल प्रहरीले विभिन्न सञ्चार माध्यममा प्रकाशित तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने समाचारमा कुनै सत्यता नभएको जनाएको छ।

आइतबार एक विज्ञप्ती जारी गर्दै प्रहरीले तीनकुने घटनामा नेपाली काङ्ग्रेसका सह–महामन्त्रीको छोरालाई नियन्त्रणमा नलिएको स्पष्ट पारेको छ ।

‘ विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा “नेपाली काङ्ग्रेसका सह(महामन्त्रीको छोरा पक्राउ गरी विना कारबाही छोडिएको” भन्ने प्रेषित समाचारहरूमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ’ विज्ञप्तीमा भनिएको छ ।