काठमाडौं ।
नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई तीन दिनसम्म थुनामा रहने भएकी छिन् ।
सहकारी हिनामिनाको अभियोगमा हिजो कपनबाट पक्राउ परेकी सांसद राईलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो।
स्वर्णलक्ष्मी सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई लिखित पत्रमार्फत जानकारी गराइसकेको छ ।











प्रतिक्रिया