अमेरिकी राष्ट्रपति ट्रम्पले भने- रुस र युक्रेन सम्झौताको निकै नजिक छन्


एजेन्सी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रे सम्झौता धेरै नजिक पुगेको बताएका छन्। अमेरिकी विशेष दूत स्टिभ ह्विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भएको भेटवार्ताको केही घण्टापछि ट्रम्पले यस्तो दाबी गरेका हुन्।

भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले पुटिन र स्टिभ विटकोफबीच भएको वार्ता ‘रचनात्मक र फलदायी’ भएको बताएका थिए ।

पुटिन र स्टिभ विटकफबीचको छलफलबारे राष्ट्रपति ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौता गर्ने प्रयास सफलतापूर्वक अघि बढेको बताएका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति एक भिडियो सम्बोधनमा भनेका छन् , “रुसलाई बिनाशर्त युद्धविराम स्वीकार गर्न वास्तविक दबाब दिन आवश्यक छ ।” हालै पुटिनले पनि जेलेन्स्कीसँग सशर्त वार्ता गर्न आफू तयार रहेको सङ्केत गरेका थिए ।