एनएसएल : आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्दै , विजेताले ८० लाख पाउने


काठमाडौं ।

 नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको फाइनल खेल हुदैँछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच शनिवार फाइनल खेल हुदैँछ । ललितपुर दोस्रो पटक र पोखरा पहिलो पटक फाइनल भिड्न आइपुगेका हुन् ।

 आयोजक नेपाल स्पोर्ट्स एण्ड इन्भेट मेनेजमेन्टले फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमार्फत विजेताले पुरस्कार राशि घोषणा गरेको हो। जसअनुसार प्रथम टोलीले ८० लाख र दोस्रो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् ।