बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौँ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार बेलुका ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

शिक्षामन्त्री विद्या भण्डारीले राजीनामा दिएको केहीबेरपछि बैठक सुरु भएको हो।

बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।