निर्माता, निर्देशक तथा अभिनेता अशोक शर्माको निर्माण र निर्देशनमा डबल ट्रिपल नामक फिल्म निर्माण हुने भएको छ।
फिल्म आगामी फागुन १ गते प्रेम दिवसका अवसरमा रिलिजमा ल्याइने भएको छ। ‘दशैँमा धेरै सिनेमा आउने भए। भरसक मिलाएर कम सिनेमा ल्याएर निर्माता साथीहरू पनि सेफ होउन् भन्ने हेतुले सहमति बनाउने प्रयास गर्दा कोही पनि एक इन्च सर्न तयार भएनन्, त्यसैले डबल ट्रिपल अब २०८२ फागुन १ गते रिलिज हुनेछ’ शर्माले यसअघि दशैँका लागि रिलिज डेट तोकिएको फिल्मको रिलिज सार्नुको कारण खुलाउँदै सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल, उदय सुब्बा, विल्सन विक्रम राई, माओत्से गुरुङ, बुद्धि तामाङ, रामप्रसाद खनाल, सुरवीर पण्डितलगायतले अभिनय गर्ने फिल्मका लागि कथा र पटकथा निर्देशक शर्मा र राजेश सिटौलाले लेखेका छन्। किरण शर्मा पौड्याल, कीर्ति शर्मा र अंकित शर्माले निर्माण गर्ने फिल्ममा शान बस्न्यातको संवाद, शम्भुजित बाँस्कोटाको संगीत, सुनिल क्षेत्रीको नृत्य, राजु किराँतीको एक्सन र आलोक शुक्लाको छायांकन रहनेछ।











प्रतिक्रिया