क्राइम थ्रिलरमा मैना बन्दै


निर्माणअगावै थिम पोस्टर सार्वजनिक गर्दै मैना नामक फिल्म निर्माणको घोषणा गरिएको छ।

राजेन्द्र ढकाल (राहुल) ले फिल्म निर्माणको घोषणा गर्दै उक्त सार्वजनिक थिम पोस्टरले क्राइम थ्रिलर फिल्मको संकेत गरेको छ।

समर लभ, मारूनी, राजा रानी, सेतो बाघजस्ता एक दर्जन फिल्मका मुख्य सहायक निर्देशक चन्द्रकुमार भट्टराईको डेब्यु निर्देशनमा बन्ने फिल्म सुस्मिता फिल्म्स्को ब्यानरमा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माले निर्माण गन लागेका हुन्। रेनु शर्मा र सुष्मा खतिवडा सहनिर्माता रहने फिल्ममा गोविन्द मल्लको कथा रहनेछ।

फिल्म भदौबाट सुटिङ प्mलोरमा जानेछ।