अभिनेत्री नीति शाहले गरिन् विवाह


काठमाडौँ।

नायिका तथा मोडल नीति शाहले विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले यचित शमशेर जबरासँग कानूनी विवाह गरेकी हुन् ।

न्यायाधीश दीनबन्धु बरालको इजलासमा उनको विवाह भएको हो । लगत्तै विवाहको प्रमाणपत्र दिइएको छ ।

नीति र यचितले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति चलचित्र ‘खजुरे ब्रो’बाट कलिउडमा प्रवेश गरेकी थिइन् । यो फिल्मले व्यावसायिक रूपमा सफलता प्राप्त नगरेपनि उनको भने चर्चा भएको थियो ।

गत दशैंमा उनी अभिनित चलचित्र ‘ज्वाइँ साप’ प्रदर्शन भएको थियो । उक्त चलचित्र व्यावसायिक रूपमा सफल नै भएको थियो ।

नीति अभिनित अर्को चलचित्र ‘नरसिंहा अवतार’ आउँदो जेठ ९ गते प्रदर्शनमा आउँदैछ ।