वर्ष २०८१ मा विभिन्न सौन्दर्य प्रतियोगिता सम्पन्न भए। यो वर्ष महिलादेखि पुरुष सौन्दर्य प्रतियोगिता सम्पन्न भएका छन्।
भदौ दोस्रो साता राजधानीमा आयोजित मिस्टर नेपाल वल्र्ड २०२४ प्रतियोगितामा सन्तोष लोक्समले उपाधि जिते। विजेता बनेसँगै लोक्समले ५ लाख बराबरको विभिन्न पुरस्कार प्राप्त गरे। त्यस्तै, योगेश श्रेष्ठ मिस्टर ग्लोबल नेपाल, आयुष दुलाल म्यान अफ द वल्र्ड, आदेश प्रधान फस्ट र आयुष बमजन सेकेन्ड रनर्सअप भए।
कातिक दोस्रो साता रिबन इन्टरटेनमेन्टद्वारा राजधानीमा सम्पन्न विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगियोगितामा डेनिला कार्की मिसेस नेपाल वल्र्ड २०२४ भइन्। उनले २८ प्रतिस्पर्धीलाई पछि पार्दै डेनिलाले उपाधि चुमेकी हुन्। उनले उपाधिसँगै स्कुटर प्राप्त गरिन् भने अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पनि हासिल गरेकी छन्। प्रतियोगितामा एलिना घिमिरे फस्ट, किरण कार्की सेकेन्ड र अनु कार्की थर्ड रनर्सअप भएका थिए।
त्यसै गरी, मिसेस नेपाल इन्टरनेसनलको उपाधि सुयशा राउतले प्राप्त गरिन् भने एमएस नेपाल इन्टरनेसनलको उपाधि रेश्मा घिमिरेले जितिन्। समारोहमा लोकप्रिय हास्य अभिनेत्री वसन्धुरा भुषाललाई ६ दशकदेखि नेपाली फिल्म क्षेत्रमा योगदान पु¥याए बापत मानार्थ मिसेस नेपाल वल्र्डबाट सम्मानित गरिएको थियो।
माघ पहिलो साता ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले मिस नेवाः ११४५ को उपाधि जितिन्। नेप्लिज फेसन होमले आयोजना गरेको समारोहमा १९ प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रलिशाले नगद १ लाख रुपियाँ तथा अन्य विभिन्न उपहार प्राप्त गरिन्। प्रतियोगितामा चन्द्रागिरि नगरपालिका, नैकापकी लुनिभा मानन्धर फस्ट र काठमाडौंकी लुमना महर्जन सेकेन्ड रनर्सअप भए। उनीहरुले क्रमशः २५ हजार र १५ हजार रुपियाँ प्राप्त गरेका थिए।












प्रतिक्रिया