वर्ष २०८१ नेपाली संगीत क्षेत्रका लागि केही विशेष रह्यो। अघिल्ला वर्षमा सीमित दर्शकमाझ लोकप्रिय बनेका गीत–संगीत यस वर्ष अन्तर्राष्ट्रिय स्तरमै चर्चा बटुल्न सफल भए।
यस वर्ष युट्युबको ग्लोबल १०० को लिस्टमा चार नेपाली गीतले स्थान जमाए। विभिन्न देशका नेपालीको बाक्लो उपस्थिति, सामाजिक सञ्जालको प्रभाव, युट्युब, स्पोटिफाइलगायत अडियो प्लेटफर्म आदिका कारण नेपाली गीत–संगीतले विगतको तुलनामा वर्ष २०८१ मा राम्रो चर्चा र सफलता हासिल गरे।
कस्मिरे पछ्यौरी, रुकुम मैकोट, दुस्मन हेरेको हे¥यै र झिम झिमाउने आँखाले गरी चार गीतले युट्युबको ग्लोबल टप १०० को सूचीमा स्थान बनाए। पहिलोपटक ग्लोबल ट्रेन्डिङमा स्थान बनाउन सफल नेपाली गीत भनिएको कास्मिरे पछ्यौरीले रिलिजको आठ महिनापछि लोकप्रियता कमाएको थियो भने युट्युबको ग्लोबल ट्रेन्डिङको ९९औं स्थानमा प्रवेश गरेको थियो। निश्चल दवाडीको शब्द र संगीत रहेको गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर रहेको छ।
फिल्म खुस्मामा समावेश गीत रुकुम मैकोट पनि युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको थियो। एसडी योगीको संगीत रहेको यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा विश्वभर हेरिएका शीर्ष १०० म्युजिक भिडियो लिस्टको ७३औं स्थानमा प्रवेश गरेको थियो। गीतमा एसडीका साथ गायिका शान्तिश्री परियारको स्वर रहेको छ भने नायक धिरज मगर र उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ। गीतले फिल्म प्रमोसनमा राम्रो भूमिका खेलेको थियो।
त्यस्तै, गायक सुशान्त केसीको गीत बार्दली पनि वर्ष २०८१ मा ग्लोबल ट्रेन्डिङमा पर्न सफल भयो। युट्युबको ग्लोबल ट्रेन्डिङको ९३औं स्थानमा पुगेको गीतको म्युजिक भिडियो र गायकी आकर्षक छ। जसमा सुशान्तका साथ इन्द्रकला राई, निश्चल बस्नेत, स्वस्तिमा खड्का र सृष्टि श्रेष्ठको अभिनय रहेको छ।
त्यस्तै, गायक एकदेव लिम्बुको झिम झिमाउने आँखा पनि युट्युबको ग्लोबल १०० चाट्र्सको ९७औं स्थानमा प्रवेश गरेको थियो। एकदेवकै शब्द, स्वर र संगीत रहेको गीतको भिडियोमा एकदेवका साथमा डिकिला शेर्पा र उपासना सिंह ठकुरीको अभिनय रहेको छ।
पर्फमर दुर्गेश थापाको गीत दुस्मन हेरेको हे¥यै पनि वर्ष २०८१ मा ग्लोबल ट्रेन्डिङमा प्रवेश गरेको छ। यो गीत विश्वभरका १०० म्युजिक भिडियोको सूचीमा ७७औं स्थानमा पुगेको थियो। गीतमा दुर्गेशको आफ्नै फ्लेभर छ। दुर्गेशकै शब्द र संगीत रहेको गीतमा उनका साथमा आनन्द कार्की, एलिना चौहान र समीक्षा अधिकारीको स्वर रहेको छ।
गीतको भिडियो पनि निकै आकर्षक छ। जसमा दुर्गेशका साथमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, पेमा लामा, सहदेव लामालगायत फिचर्ड छन्। गीतको लोकप्रियतासँगै दुर्गेशको करिअरमै नया“ मोड थपिएको छ।

प्रतिक्रिया