सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच?


काठमाडौँ।

नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार सात सय रूपैयाँले घटेको हो।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। उक्त मूल्य हालसम्मकै उच्च हो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।आज चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।