नेपाल चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम


काठमाडौँ।

नेपाल चिकित्सक संघ (एनएमए)ले आवासीय चिकित्सकहरुक निर्वाह भत्ताबरे आयोगको १६औं बैठककले गरेको निर्णय तत्काल लागू गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ।
एनएमए एक प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगको १६औं बैठककले सम्पूर्ण आवासिय चिकित्सकहरुलाई, नेपाल सरकारको आठौं तहको मेडिकल अधिकृतले पाउने तलब बराबरको निर्वाहभत्ता दिने निर्णयलाई तत्काल लागू गर्न ७२ घण्टे अल्टिमेटम दिएको हो।

विज्ञप्तिमा भनिएको छ ‘राज्यको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा रहेको चिकित्सा शिक्षा आयोगको १६औं बैठककले सम्पूर्ण आवासिय चिकित्सकहरुलाई, नेपाल सरकारको आठौं तहको मेडिकल अधिकृतले पाउने तलब बराबरको निर्वाहभत्ता दिने निर्णय तत्काल एवं निशर्त कार्यान्वयन नै नेपाल चिकित्सक संघको अन्तिम बिन्दू अर्थात बटम लाइन हो।’

त्यसैगरी १७औं बैठकले, सार्वजनिक स्वास्थ्य संस्थाहरुमा स्नातकोत्तर तहको सीट सङ्ख्या थप गरी विभिन्न सरोकारवालाहरुले राखेका अन्य विषय समेतमा उचित छलफल र आवश्यक निर्णय गर्ने गरी अर्को बैठक बस्ने निर्णय कार्यान्यन गर्न समेत माग गरेको छ।

यस्ता छन् नेपाल चिकित्सक संघका माग

१. आयोगले प्रकाशित गरेको सिट मेट्रिक्समा, १७औं बैठकले पुनः थपेको सीट सङ्ख्या समेत जोडि, एक सीट पनि नघटाई, भविष्यमा पनि पिजीका सिटहरु नघट्ने दिशामा जाने गरी अविलम्ब म्याचिङ प्रकृयाको सुरुवात हुनुपर्यो।

२. हाल स्नाकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरुले एवं भोलिका दिनमा अध्ययन गर्न आउने आवासीय चिकित्सकहरुले आठौं तह बराबारको निर्वाहभत्ता तत्काल पाउनुपर्यो।

संघले यि मागहरु, यो सुचना प्रकाशित भएको मितिले ७२ घण्टा भित्र सम्बोधन नभएमा, नेपाल चिकित्सक संघ, देशका सम्पूर्ण चिकित्सकहरुलाई चरणबद्ध आन्दोलनमा उत्रिन आवाहन गर्न बाध्य हुने जनाएको छ।