३० वर्ष नपुग्दै अर्बपति बनेका मार्क जुकरबर्ग

1.69k
Shares

सन् २००४ मा हार्वर्ड विश्वविद्यालयको डोर्म कोठामा बसेका एक कलेज विद्यार्थीले द फेसबुक डट कम “तजभाबअभदययप।अयm” भन्ने सानो वेबसाइट शुरू गरे । न पुँजी, न कम्पनी, न त संसारलाई परिवर्तन गर्ने योजना । ती विद्यार्थी थिए मार्क जुकरबर्ग । आइभी लिगका विद्यार्थीहरूका लागि बनेको एउटा सञ्जाल प्लेटफर्म इतिहासकै शक्तिशाली प्रविधि कम्पनीमध्ये एक बन्न पुग्यो । मे १४, १९८४ मा न्यूयोर्कको ह्वाइट प्लेन्स मा जन्मिएका मार्क सानै उमेरदेखि कम्प्युटरप्रति निकै आकर्षित थिए । १२ वर्षको उमेरमै उनले जुकनेट “शगअपलभत” नामको सन्देश पठाउने प्रणाली बनाएका थिए । जुन उनका बाबुको दन्त चिकित्सालयमा कार्यालयको आन्तरिक सञ्जालका रूपमा प्रयोग हुन्थ्यो । जतिबेला अरू बालबालिकाहरू भिडियो गेम खेलिरहेका हुन्थे, मार्क भने कोड लेख्दै र आफ्ना प्रोग्रामहरू कक्षाका साथीहरूलाई पाँच डलरमा बेच्दै थिए ।

उच्च विद्यालयमा उनले अझ धेरै प्रविधिका प्रयोगहरू गरे । तीमध्ये एक थियो फेसमास “ँबअझबकज” जसले विद्यार्थीहरूलाई अरूको फोटो तुलना गर्न दिई एक किसिमको मनोरञ्जनात्मक वेबसाइट बनाएको थियो । यसले उनलाई केही समस्यामा त पा¥यो तर उनीभित्रको भाइरल सञ्जाल बनाउने सीप उजागर भयो । त्यसपछि जुकरबर्ग हार्वर्ड विश्वविद्यालयमा भर्ना भए, तर उनको वास्तविक सिकाइ भने कक्षाकोठा बाहिर भयो । २० वर्षको उमेरमा उनले आफ्ना कोठाका साथीहरूसँग मिलेर द फेसबुक डट कम “त्जभ ँबअभदययप” नामक सामाजिक सञ्जाल साइट बनाए । जहाँ हार्वर्डका विद्यार्थीहरूले आफ्नो प्रोफाइल बनाउन, फोटो अपलोड गर्न र एकआपसमा कुराकानी गर्न सक्थे । यो वेबसाइट फेब्रुअरी ४, २००४ मा हार्वर्डको डोर्मबाटै औपचारिक रूपमा शुरू गरिएको थियो ।

त्यो वर्षको अन्त्यसम्ममा फेसबुकमा १० लाखभन्दा बढी प्रयोगकर्ता भइसकेका थिए । दुई वर्षपछि यो संख्या १ करोड नाघ्यो । २००६ मा जुकरबर्गले १ अर्ब अमेरिकी डलरको खरिद प्रस्ताव अस्वीकार गर्दै फेसबुकलाई लिएर भविष्यप्रति विश्वास देखाए । त्यो साहसी निर्णय थियो । अनि सही पनि थियो । किनभने २००७ मा मात्र २३ वर्षको उमेरमा जुकरबर्ग संसारकै सर्वाधिक कान्छा स्वनिर्मित अर्बपति बने । तर, उनले त्यतिमै चित्त बुझाएनन् । उनको नेतृत्वमा फेसबुकले रणनीतिक निर्णयहरू लिँदै डिजिटल संसारलाई पुनः परिभाषित ग¥यो । २०१२ मा इन्स्टाग्रामलाई १ अर्ब डलरमा र २०१४ मा ह्वाट्सएपलाई १९ अर्ब डलरमा किने । २०१० सम्ममा फेसबुकमा ५० करोड सक्रिय प्रयोगकर्ता पुगे । आज फेसबुक (हाल मेटा) को बजार मूल्य लगभग १ दशमलव ३७ ट्रिलियन अमेरिकी डलर पुगेको छ र यसको सेवा विश्वभर ५ अर्बभन्दा बढी प्रयोगकर्तामा फैलिएको छ ।

व्यक्तिगत रूपमा पनि जुकरबर्गले साहसी निर्णयहरू गरे । हार्वर्डको दोस्रो वर्षपछि उनले अध्ययन त्यागेर पूर्ण रूपमा फेसबुकमा केन्द्रित हुने निर्णय गरे । उत्साह र धैर्यमा आधारित त्यो निर्णय केही वर्षमै ऐतिहासिक सफलतामा परिणत भयो । २०१२ मा उनले हार्वर्डमै भेट भएकी प्रिसिला चानसँग विवाह गरे । उनीहरूले चान जुकरवर्ग इनिसिएटिभ (ऋजबल श्गअपभचदभचन क्ष्लष्तष्बतष्खभ) शुरू गरे, जसअन्तर्गत शिक्षा, स्वास्थ्य र विज्ञान जस्ता क्षेत्रमा आफ्नो कम्पनी मेटाको ९९ प्रतिशत सेयर परोपकारका लागि दिने घोषणा गरे ।

मार्क जुकरबर्गको जीवनकथा एउटा प्रेरणादायी सन्देश हो । निरन्तर जिज्ञासाले असम्भव देखिने सपना पनि सम्भव बनाउँछ भन्ने शिक्षा हो । उनले “सही समय” कुरेनन्, न त डिग्रीलाई बाधा बन्न दिए । उनले आफ्नो सपना कोडको प्रत्येक लाइनमार्फत निर्माण गरे । आज उनी २१औँ शताब्दीका सबैभन्दा प्रभावशाली प्रविधि व्यक्तित्वहरूमध्येका एक बनेका छन् । सफलताको यात्रा सधैँ परम्परागत बाटोमा मात्र हिँडेर नहुने यसले पुष्टि हुन्छ ।

मार्क जुकरबर्गबारे केही रोचक तथ्यहरू :

-१२ वर्षको उमेरमा जुकनेट (शगअपलभत) नामक सन्देश प्रणाली बनाए ।

-फेसबुकभन्दा पहिले ँबअझबकज वेबसाइट बनाए, जसले विद्यार्थीहरूको फोटो तुलना गर्ने सुविधा दिन्थ्यो ।

-ब्राजिलियन जु–जित्सु मार्सल आर्टमा ब्लू बेल्ट छन् र फिटनेसप्रति विशेष रुचि राख्छन् ।

-पत्नीको परिवारसँग संवाद गर्नका लागि म्यान्डारिन चिनियाँ भाषा अध्ययन गरेका छन् ।

-अत्यधिक ब्लक प्रयासहरूका कारण मार्क र प्रिसिलाको फेसबुक प्रोफाइल ब्लक गर्न सकिँदैन ।

-३० वर्ष नपुग्दै फेसबुकलाई अर्बौं डलरको कम्पनीमा रूपान्तरण गरे ।