जनै हराएको बाहुन पनौतीबाट शुरू


सामाजिक कथामा बन्ने फिल्म जनै हराएको बाहुनको राजधानीको बूढानीलकण्ठ मन्दिरमा शुभमुहूर्त गरिएको छ।


फिल्मका लागि सुशांक मैनाली, गौरव पहाडी, मिरुना मगर र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिएका थिए। पनौतीबाट छायांकन शुरू भएको फिल्म हिमाल न्यौपानेले निर्देशन गर्दैछन्। न्यौपानेको यो डेब्यु फिल्म हो।

फिल्मको असोसियट निर्देशकमा प्रेमगीत ३ का अभिनेता मनिष राउत छन्। विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायतका कलाकारले अभिनय गर्ने फिल्मको पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ।

गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्ने फिल्मले आमा र छोराबीचको भावनात्मक कथा पस्कनेछ।

शुभमुहूर्तपछि अभिनेत्री मिरुना मगरले फिल्ममा आप्mनो विशेष क्यारेक्टर भएको बताइन्। अभिनेता मैनालीले टलकजङ भर्सेज टुल्के रिलिज भएको १० वर्षपछि फिल्ममा फर्केको जनाउँदै टिममा आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे।

पेपरक्लिप प्रालिको ब्यानरमा विमल न्यौपानेले निर्माण गर्ने फिल्ममा कथा, पटकथा र संवाद भानुभक्त ढकाल, संगीत थानेश्वर गौतम र एस डि योगी तथा छायांकन नवीन गुरुङको रहनेछ।

४० दिनको छायांकन सेड्युल रहने फिल्ममा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणि शिवाकोटी, रुपेश लामा र आरके मानन्धर कार्यकारी निर्माता रहेका छन्।