डल्लासबाट अमेरिका टुर


लेजेरी, क्लास एक्स र खड्का ग्रुप्सको आयोजनामा हुने अमेरिका टुर शुक्रबार टेक्सासको डल्लासबाट शुरू हुने भएको छ।

मे १० मा न्युयोर्क सिटीमा समापन हुने टुरमा भेक, याबेस र बिजेनले आप्mना चर्चित गीत प्रस्तुत गर्ने छन्। सांगीतिक टुरअन्तर्गत अमेरिकाका प्रमुख सहरमा कार्यक्रम प्रस्तुत गरिने र यसले नेपाली समुदायलाई उत्साहजनक सांस्कृतिक अनुभूति दिने आयोजकको दाबी छ।

टुरअन्तर्गत टेक्सास, कोलोराडो, वासिङ्टन डिसी, म्यारिल्यान्ड, भर्जिनिया, ह्यारिसबर्ग, पेन्सिलभेनिया, एक्रोन, ओहायो, कोलम्बस, ओहायो, न्युयोर्क सिटी, न्युयोर्क सहरमा कार्यक्रम आयोजना गरिने आयोजकले जानकारी गराएका छन्। टुरले दक्षिणी क्षेत्रबाट शुरू गर्दै पूर्वी तटसम्मको सांगीतिक यात्रा तय गर्नेछ।