भारतको चर्चित गायन रियालिटी शो इन्डियन आइडल १५ को उपाधि मानसी घोषले जितेकी छन्। उपाधि जितेसँगै उनले ट्रफीका साथमा २५ लाख भारतीय रुपियाँ र कार उपहार पाएकी छन्।
यसअघि गायन रियालिटी शो सुपर सिंगरको तेस्रो सिजनमा पनि सहभागी भएर फस्ट रनर्सअप भएकी मानसीले आफ्नो सुमधुर र जादुमयी स्वरका कारण लाखौ“को मन जित्दै आएकी थिइन्।
शोको उपाधि जितेपछि उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ। शोको अन्तिम स्पर्धामा स्नेहा शंकर, सुभाजित चक्रवर्ती, चैतन्य देवधे (माउली) , प्रियङ्शु दत्त र मानसी घोषले प्रतिष्पर्धा गरेका थिए।
जसमध्ये स्नेहा, मानसी र सुभाजित टप ३ मा परेका थिए। सेकेन्ड रनर्सअप भएकी स्नेहा शंकरले ५ लाख भारतीय रुपिया“ जितिन् भने टी–सिरीजका भूषणकुमारमार्फत गीत रेकर्डिङको अफर समेत प्राप्त गरेकी छन्। इण्डियन आइडलको यस सिजनमा श्रेया घोषाल, विशाल ददलानी र बादशाह निर्णायक रहेका थिए।











प्रतिक्रिया