निशाले ल्याइन् राम भजन


शास्त्रीयदेखि आधुनिक तथा विभिन्न भाषाभाषीका गीत संगीतमा लोकप्रिय गायिका निशा देशारले राम नवमीको अवसर पारेर हे राम बोलको राम भजन सार्वजनिक गरेकी छन्।

देशारले आफ्ना गुरु रविनदास श्रेष्ठप्रति समर्पण गर्दै गाएको भजन राम नवमीकै दिन आफ्नो अफिसियल युट्युब च्यानलमार्फत लिरिकल भिडियोसहित सार्वजनिक गरेकी हुन्। श्याम मलेकु गुठीद्वारा २०६६ सालमा आयोजित भजन गायन प्रतियोगितामा संगीत तथा गायनमा प्रथम स्थान हासिल गरेको सो भजनमा युमाश शेर्पाको शब्द रचना र रविदास श्रेष्ठको संगीत रहेको छ।

त्यस्तै किरण कँडेलको संगीत निर्मँण रहेको भजनको गितारमा सरोज विष्ट, ढोलकमा सुनिल कुमार अर्याल, तबलामा किरण क“डेल र बाँसुरीमा उमेश पण्डित रहेका छन्। किरण क“डेलको मिक्सिङ मास्टरिङ रहेको सो भिडियोलाई रविन देशारले सम्पादन गरेका हुन्।