शनिबार राजधानीमा पर्पmमर दुर्गेश थापासहित एकसाथ चार ब्यान्डले आफ्ना प्रस्तुतिबाट दर्शक झुमाएका छन्।
च्यासलमा रोयल मल्टिप्रपोजको एकल आयोजनामा भएको पाटन फेस्ट २०२५ मा दुर्गेश थापासँगै जोन एण्ड द लोकल्स, पूर्ण राई एन्ड दाजुभाइहरू, अल्बाट्रोस र स्वर सांगीतिक समूहले दिएको प्रस्तुतिमा करिब १५ हजार दर्शक संगीतमा झुमे।
ललितपुरको च्यासल खेल मैदानमा भएको महोत्सवमा दुर्गेशले आफ्नो पछिल्लो हिट नम्बर दुस्मन हेरेको हे¥र्यैलगायत विभिन्न गीत प्रस्तुत गरेका थिए भने ब्यान्डहरूले पनि आफ्नो चर्चित गीतमार्फत दर्शक झुमाएका थिए।
पाटनको स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विभिन्न खानेकुराका स्टल राखिएको थियो।
प्रतिक्रिया