आगामी शुक्रबार रिलिज हुने फिल्म पिताम्बरमा समावेश लास्ट च्वाँक छे यार सार्वजनिक गरिएको छ।
बाबुल गिरीको स्वर, संगीत तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा फिल्मकी निर्देशक कृषा चौलागाईंको शब्द रचना रहेको छ। बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गीतमा फिल्मका प्रमुख कलाकार सौगात मल्ल र सुरक्षा पन्तले नृत्य र अभिनय गरेका छन्।
गीतमा सुरक्षाप्रति सौगातको प्रेमभाव प्रस्तुत गरिएको छ। तराईमा खिचिएको गीतमा त्यहाँको परिवेश देखाइएको छ। भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ। केपी फिल्म र पुरुषोत्तम प्रधान फिल्म्स्को ब्यानरमा विशाल चौलागाईंद्वारा निर्मित तथा कृषा चौलागाईंद्वारा निर्देशित फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काप्mले, रविन्द्र भट्टराई, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं, सुप्रोल बुढाथोकी (अनमोल) लगायतले अभिनय गरेका छन्।
पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता तथा सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, आशिष अविरल र बाबुल गिरीको संगीत, काला चरनको पाश्र्व संगीत, हिमाल केसीको द्वन्द्व पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन तथा बन्देप्रसादको सम्पादन रहेको छ।
प्रतिक्रिया