शिक्षकका माग पूरा गर्न त्रिवेणी नगरपालिकाको अनुरोध


बाजुरा।

बाजुराको त्रिवेणी नगरपालिकाले पनि शिक्षक गुरूवर्गकाे माग प्रति ऐक्यबद्धता जनाएकाे छ। नगरपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पूरा गर्न अनुरोध गरेको छ ।

कक्षा काेठा छाडेर सडकमा पुगेका शिक्षकाे माग पूरा नहुँदा विद्यालयकाे दैनिककाम प्रभावित भएकाे र भर्ना अभियान २०८२ समेत प्रभावि हुनसक्ने नगर प्रमुख कर्ण बहादुर थापाद्धारा हस्ताक्षरित पत्रमा पत्रमा उल्लेख छ।

चैत २० गतेदेखि शिक्षकहरु काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।