डिजिटल विभाजन: गहन पक्ष

470
Shares

आजको युगमा सूचना सबैको अधिकार हो, तर नेपालमा यो अधिकार अझै पनि केहीको लागि दुर्लभ छ । काठमाडौँजस्ता ठूला शहरहरूमा हामी प्रत्येक दिन आफ्नो स्मार्टफोन र इन्टरनेटमार्फत अनलाइन समाचार पढिरहेका हुन्छौं । तर, एक वास्तविकता यो छ कि देशका धेरै गाउँ र दुर्गम स्थानहरूमा मानिसहरूले यस्तो प्रविधि पाउन पनि सकेका छैनन् ।

डिजिटल विभाजन भनेको यस्तै एक असमानता हो, जसले नेपालमा अनलाइन समाचारको पहुँचलाई गहिरो असर पु¥याइरहेको छ । यहाँ शहरी क्षेत्रहरूमा इन्टरनेटको पहुँच छ, स्मार्टफोनहरू सामान्य बनिसकेका छन् र धेरैले अनलाइन समाचार पढ्न वा सोसल मिडियामा अपडेट हुन सजिलै सक्षम छन् । तर जब हामी नेपालको दुर्गम गाउँहरूको कुरा गर्छौं, त्यहाँ अझै पनि इन्टरनेट सेवा निकै सीमित छ ।

यसले ग्रामीण जनतालाई मात्र असमर्थ बनाउँदैन, बरु उनीहरूलाई समयमै सही सूचना प्राप्त गर्नबाट पनि वञ्चित पार्दछ । यसले उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक निर्णयमा ठूलो असर पु¥याउँछ । दैनिक जीवनमा स्मार्टफोन र इन्टरनेटको प्रयोग गर्दै, हामीलाई थाहा छैन कि कति मानिसहरू अझै पनि पुराना रेडियो र टेलिभिजनहरूमा निर्भर छन् । डिजिटल साक्षरता पनि एक ठूलो अवरोध हो ।

धेरै मानिस इन्टरनेटको प्रयोग र अनलाइन समाचारहरूको उपयोग गर्न जान्दैनन् । हामीलाई सोच्नुस्, यदि तपाईंलाई इमेल लेख्न र वेब पेज खोल्नसम्म थाहा नहुन्थ्यो भने के तपाईंलाई विश्वभरिका घटनाक्रमका बारेमा अपडेट प्राप्त गर्न सजिलो हुन्थ्यो ? यसलाई डिजिटल साक्षरता भनेको हो, जुन नेपालका धेरै ग्रामीण क्षेत्रका नागरिकहरूको लागि अझै परको कुरा छ ।
यस समस्याको समाधान भनेको मात्र प्रविधिको पहुँचको विस्तार मात्र होइन ।

यसको लागि हामीलाई एकैसाथ डिजिटल साक्षरता सुधार्न, ग्रामीण क्षेत्रमा सस्तो र गुणस्तरीय इन्टरनेट सेवा पु¥याउन र सबैलाई अनलाइन समाचारको फाइदाहरूका बारेमा बुझाउन काम गर्नुपर्नेछ । यदि हामीले यस्तो सुनिश्चित गर्न सके, तब मात्रै नेपालका हरेक नागरिकको जीवनमा सूचना र समाचारको समान पहुँच सुनिश्चित हुनेछ । नेपालको डिजिटल भविष्य मात्र काठमाडौँ र शहरी क्षेत्रसम्म सीमित हुनुहुँदैन । चाहे जुनसुकै स्थानमा बसोबास गरिरहेका हौँ, हामी सबैलाई समान जानकारी र समाचार प्राप्तिको अधिकार छ । यही कारणले डिजिटल विभाजनको समाधान खोज्नु केवल प्रविधिको प्रयोगमा मात्र होइन, समानताको सिद्धान्तमा आधारित रहन जरुरी छ ।