प्रीति प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिता सुरु ,आयोजक बिस पचहत्तर युवा क्लब विजयी

1.13k
Shares

बुटवल। 

बुटवलमा  प्रीति प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिता सुरु भएको छ । बिस पचहत्तर युवा क्लबको आयोजनामा भएको उद्घघाटन खेलमा आयोजक बिसपचहत्तर युवा क्लबले विजयी सुरुवात गरेको छ । नवलपरासी जिल्लालाई ५–शून्य गोल अन्तरले पराजित गर्दै आयोजक बिसपचहत्तर अन्तिम चारमा स्थान बनाएको हो ।

 सिद्घेश्वर खेल मैदानमा शनिवार भएको उद्घघाटन खेलमा आयोजकको टिमका ऐश्वर्या बमरेलले खेलको २२ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन । खेलको ३० मिनेटमा मिना देउवाले अन्तरलाई दोब्बर गरिन । पहिलो हाफ २ गोलले अग्रता लिएको आयोजक दोस्रो हाफमा थप आक्रमक खेल्यो। खेलको दोस्रो हाफमा थप ३ गोल थप्न सफ ल भयो। 

मिना देउवाले व्यक्तिगत दोस्रो गोल गरिन । यसैगरि रुपा बुढाथोकी, प्याउली रायले थप गोल गरे। खेलमा आयोजक बिस पचहत्तर युवा क्लबका मिना देउवा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भइन।

 प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल उद्घाटन गरेकी हुन् । 

कार्यक्रममा अखिल नेपाल फुटबल क्लबका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार), रुपन्देही जिल्लाका अध्यक्ष लोक पुन, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बनिन पिया ,कार्यक्रममा सचिव दीपक गुरुङले सबैको सहयोगमा महिला फुटबल आयोजना गर्न लागेको बताएका थिए । 

यसैबिच पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी मोतीकला गुरुङ, लीला रानालाई सम्मान गरिएको थियो। आईतबार बिधान ट्रिनेटि युवा क्लब, वालिङ र वीरगन्ज युथ क्लबका बिचमा खेल हुने संयोजक बुद्धि बहादुर दर्जीले बताए ।