बैतडी।
बैतडी घर भएकी महिला क्रिकेट खेलाडी रितु कनौजियाले ‘स्पेशल अवार्ड’ जितेकी छन् । छैठौं एसपीए सुदूरपश्चिम स्पोट्स अवार्ड २०८१ मा रितुले ‘स्पेशल अवार्ड’ उपाधि जितेकी हुन् । उनले २५ हजार पुरस्कारसमेत पाइन् ।
लामो समयदेखि सक्रिय रुपमा खेलकुद क्षेत्रमा योगदान दिइरहेका खेलाडीलाई यो अवार्ड प्रदान गर्ने गरिएको हो । रितुले अवार्ड पाएपछि खुसी व्यक्त गर्दै क्रिकेटमा आफूले गरेको योगदानको मञ्चले कदर गरेको बताइन् ।
उनले भनिन–‘यो अवार्डले मलाई अझै पनि क्रिकेटमै लागिर हन उत्प्रेरणा मिलेको छ । पुनः राष्ट्रिय टिमबाट खेलेर सन्यास लिने सोचमा छु।’
कनौजिया नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो ब्याचकी हुन् । ४३ वर्षीया रितु अहिले पनि क्रिकेट खेलाडीकै रुपमा सक्रिय छिन् । रितुले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानी समेत गरिसकेकी छन् ।
सन २००७ मा मलेसियामा भएको एसिसि ओमन्स महिला क्रिकेट प्रतियोगितामा नेपालले थाइल्यान्डसंग खेल्दै पहिलोपटक अन्र्तराष्ट्रिय खेल खेल्यो । उक्त प्रतियोगितामा रितुले पनि अन्र्तराष्ट्रिय प्रतियोगितामा डेब्यु गरेकी थिइन् । वि स २०३९ सालमा जन्मिएकी रितुले १५ वर्षदेखि नै क्रिकेट खेल्न सुरु गरिन् ।
जिल्ला,प्रदेश, राष्ट्रिय हुँदै नेपालको टिमको कप्तानी गरेर अन्र्तराष्ट्रिय प्रतियोगिता खेलिसकेकी रितु अहिले पनि घरेलु क्रिकेटमा सक्रिय रहेकी छन् ।
प्रतिक्रिया