नयाँ दिल्ली, (एजेन्सी)
गत सिजनमा फाइनल खेलेको सनराइजर्स हैदराबादले जारी आईपीएलमा लगातार दोस्रो हार बेहोरेको छ ।
आइतबार भएको खेलमा हैदराबादलाई दिल्ली क्यापिटल्सले ७ विकेटले पराजित गरेको हो । पहिलो खेलमा २ सय ८६ रन बनाएपछि आगामी खेलमा ठूलो स्कोर जोड्ने संकेत गरेको हैदराबादले मात्र १ सय ६३ रन बनाएको थियो ।
१ सय ६४ को मध्यम लक्ष्य दिल्लीले ३ विकेट गुमाएर १६ ओभरमै प्राप्त गरेको थियो । यो दिल्लीको लगातार दोस्रो जित थियो । टोलीको जितमा ओपनरद्वय फाफ दु प्लेसिसले ५० रन र जेक प्र्रmेजरले ३८ रन बनाए ।
उनीहरूले पहिलो विकेटका लागि ९ दशमलव १ ओभरमै ८१ रनको साझेदारी गरेर जितको आधार तयार गरेका थिए । दिल्लीका आउट भएका तीनै विकेट जिशान अन्सारीले लिएका थिए । जिशान ६ वर्षपछि टी २० खेलमा फर्केका हुन् ।
यसअघि हैदराबादले १८.४ ओभरमा सबै विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जसमा, अभिषेक शर्मा (१), ट्राभिस हेड (२२) र पहिलो खेलका शतककर्ता ईशान किशन (२) फ्लप भए । तर, अन्केत बर्माले ४१ बलमा ७४ रन जोडेर टोलीको इज्जत राखेका थिए । दिल्लीको बलिङमा मिचेल स्टार्कले ५ विकेट लिए ।
यस सिजनमा हैदराबादले राजस्थान रोयल्सलाई हराएर सुखद शुरूआत गरेको हो । तर, यसपछि हैदराबादले लखनउ सुपर जायन्टस् र दिल्लीसँग हार बेहो¥यो । दिल्लीले भने पहिलो खेलमा लखनउलाई १ विकेटले हराएको थियो ।
चेन्नाईको पनि दोस्रो हार
आइतबार राति भएको अर्को खेलमा एमएस धोनीको टोली चेन्नाई सुपर किंग्सले लगातार दोस्रो हार बेहोरेको छ । धोनी अन्तिम ओभरको पहिलो बलमा आउट भएपछि चेन्नाई राजस्थान रोयल्ससँग मात्र ६ रनले पराजित भएको हो । राजस्थानले १ सय ८२ रन बनाएकोमा चेन्नाईले १ सय ७६ रन बनाएको थियो ।
प्रतिक्रिया