काठमाडौं
रोटरी काठमाडौं हेरिटेज र क्यान्सर सेन्टर काठमाडौंबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थाहरुबीच क्यान्सर सचेतना जगाउनको विभिन्न वर्ग, समूहहरूमा सचेतना कार्यक्रम आयोजना गर्ने, स्वास्थ्य शिविर आयोजना गर्नको लागि हातेमालो गर्ने तथा अन्य विविध स्वास्थ्य सम्बन्धी जनचेतनामूलक तथा शिक्षाविद् कार्यक्रमहरू आयोजना गर्न हातेमाले गर्ने तथा क्लबका सदस्यलाई विभिन्न उपचार तथा जाँचमा लाग्ने शुल्कहरूमा समेत छुट दिने विषयहरूमा दुई पक्षहरू बिच सम्झौता भएको हो ।
काठमाडौं बबरमहलमा एक कार्यक्रमका बिच सम्पन्न उक्त सम्झौतामा रोटरी क्लब अफ काठमाडौं हेरिटेजका चार्टर्ड प्रेसिडेन्ट हेमा कुमारी अधिकारी र काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सुमित सापकोटाले हस्ताक्षर गर्नु भएको छ । हस्ताक्षर सम्पन्न भएपछि क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो । जसमा सेन्टरका अध्यक्ष डा.सुमित सापकोटा, क्यान्सर विशेषज्ञ डा. रजनी झा, अस्पताल व्यवस्थापक वर्षा कोइराला तथा व्यवस्थापक आकाश झा र सुजन भट्टराईले प्रस्तुतीकरण मार्फत विभिन्न जानकारीहरू गराइएको थियो भने क्लबको तर्फबाट पनि दुवै संस्थाहरू मिलेर आयोजना गर्न सकिने विभिन्न कार्यक्रमहरूको बारेमा जानकारी गराइएको थियो ।
सम्झौतापछि दुवै पक्षले क्यान्सर रोग सचेतना तथा स्वास्थ्य शिविर आयोजना गर्नको लागि देशका विभिन्न समुदाय र भागहरूका कार्यक्रमहरू सञ्चालन गरी मानिसहरूको स्वास्थ्य सुधार गर्ने उद्देश्यका साथ क्लबले आवश्यक सरोकारवालाहरुसँग समन्वय गर्ने, आवश्यक सामानहरूको व्यवस्था गर्ने र क्यान्सर सेन्टरले उक्त कार्यक्रमको लागि आवश्यक डाक्टर, प्राविधिक तथा स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराउने सहमति भएको हो ।
प्रतिक्रिया