दुर्गा प्रसाईं बने राजावादी आन्दोलनको ‘कमान्डर’


काठमाडौँ।

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘कमान्डर’ तोकेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्धीमा फर्काउने नाममा गठन भएको समितिले शुक्रबार हुन लागेको आन्दोलनका लागि प्रसाईंलाई कमान्डर तोकेको हो ।

बिहिबार चाबहिलमा आयोजित पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई ‘कमान्डर’ तोकिएको जानकारी दिए ।

राजावादीले व्यवसायी प्रसाईंकै नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दैछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूको प्रदर्शनका लागि तीनकुनेलाई स्थान तोकेको छ ।