सूचना समयमै उपलब्ध गराउने प्रजिअको  प्रतिबद्धता

2.63k
Shares

उदयपुर । 

केही दिन अघिमात्र सह सचिवमा बढुवा पश्चात उदयपुरमा पदस्थापन भएर आएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले सञ्चारकर्मी पत्रकारहरुलाई जिल्ला भित्रका समाचार योग्य सूचनाहरु समय मै उपलब्ध गराएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्  ।

बुधबार जिल्ला प्रशासन कार्यालय उदयपुर गाईघाटमा आयोजित पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै प्रजिअ लुइटेलले जिल्ला भित्रको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह तथा जिल्ला प्रशासनले गर्नु पर्ने कामहरु समयमै गर्ने ।  स्थानीय सञ्चारकर्मीहरुलाई संविधान तथा कानुनले दिएको अधिकार प्रयोग गरेर सूचना समयमा नै उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताएका हुन्  ।

सो भेटघाट तथा परिचयात्मक कार्यक्रममा पत्रकारहरुले समयमा सूचना नपाएको, मदन भण्डारी लोकमार्गमा सवारी दूर्घटना बढेको, लागु औषध प्रयोग कर्ताहरु बढेको, केही सरकारी कार्यालयमा कर्मचारी हाबी हुनु पर्नेमा विचौलियाहरु हाबी भएर काममा बाधा हुने गरेको, सरकारी कार्यालयका सूचना अधिकारीहरुले सूचना लुकाउने गरेको, नयाँ आएकोले जानकारी नभएको जस्ता गैर जिम्मेवारीपूर्ण जवाफ दिएर पन्छिने गरेको, सेवा प्रवाहमा सुस्तता भएको, स्थानीय प्रशासन सूचना मैत्री हुन नसकेको जस्ता गुनासो गरेका थिए ।

पत्रकारहरुको गुनासो तथा जिज्ञासा पश्चात प्रजिअ लुइटेलले सूचनामा सबैको पहुँचकालागि र संवैधानिक व्यवस्था भए अनुसार  र कानुन अनुसार आफूले सूचना उपलब्ध गराउने । जिल्ला प्रशासनले गर्दै आएको राष्ट्रिय परिचयपत्र, नागरिकता वितरण गर्ने कामलाई प्राथमिकता दिेने , स्थानीय प्रशासनले गर्नु पर्ने सबै कामहरु समयमा गर्ने गराउने । जिल्ला प्रशासनमा सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको र उहाँ मार्फत आवश्यक सूचना प्रवाह गर्ने र गुनासो सुनेर कामको प्रकृति हेरेर आवश्यक प्रक्रिया पुरा गरेी गुनासो समाधानमा लाग्ने प्रजिअ लुइटेलले बताए ।

प्रजिअ लुइटेलले शान्ति सुरक्षा व्यवस्था, लागु औषध नियन्त्रण, सेवा ग्राहीको कामलाई प्राथमिकतामा राखेर काम गर्ने, गुणस्तरीय र स्वच्छ सेवा तटस्थ भएर दिने । सबै कार्यालयका सूचना अधिकारीलाई बोलाएर बैठक बसेर सूचना प्रवाहमा अग्रसर हुने, कार्यालय प्रमुखहरुको बैठकमा छलफल गरी जिल्लाभित्रका पत्रपत्रिकाहरुलाई न्यायोचित रुपले विज्ञापन उपलब्ध गराउन प्रयास गर्ने, पारदर्शिता पूर्ण काम गर्ने बताएका छन् ।  

प्रजिअ लुइटेलले मुद्दाका काममा बाहेक अन्य काममा सहायक प्रजिअ, प्शासकीय अधिकृत लगायतका कर्मचारीहरलाई अधिकार प्रत्यायोजन गरेर काम गर्ने, सञ्चारकर्मीहरुलाई सक्दो सहयोग गरेर सुझाव सल्लाह लिएर काम गर्ने, कटारी इलाका प्रशासन कार्यालयको नव निर्मित भवनमा तत्काल सेवा प्रारम्भ गरेर भए पनि पछि उद्घाटनको समय मिलाउने वा उद्घाटन गरेर सेवा प्रारम्भ गर्ने भन्ने कुराको तय गर्ने र महिनामा २ पटक कटारीमा प्रजिअको कार्यकक्ष तयार पारेर आफू बस्ने तयारी गरिरहेको प्रजिअ लुइटेलले बताए ।