काठमाडौं
सिटी एक्सप्रेस मनि ट्रान्सफरले ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौँ गुणा’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफूले पठाएको भन्दा १८ गुणा बढी पाउने’ विजेताको नाम घोषणा गरेको छ । यस योजनाका विजेता निराजन ढकाल बनेका छन् ।
निराजन ढकालले कोरियाबाट ४१ हजार ९०९ रुपैयाँ रेमिट्यान्स पठाएका थिए । त्यसको १८ गुणा गरेर ७ लाख ५४ हजार ३ सय ६२ रुपैयाँ उनले जित्न सफल भएका छन् । कलाकार तथा सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका संस्थापक÷प्रबन्ध निर्देशक चन्द्र टण्डनको विशेष उपस्थितिमा विजेता छनौट गरिएको हो ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरले गत असोज १ देखी मङ्सिर ३० गते सम्म चल्ने गरी दशैं, तिहार र छठलाई लक्षित गर्दै यो योजना घोषणा गरेको थियो ।
प्रतिक्रिया