काठमाडौँ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापाविरुद्ध छानबिन गरी कारवाहीका लागि विभिन्न निकायमा पत्रचार गर्ने भएको छ ।
मंगलबार बसेको एन्फाको कार्यसमितिको बैठक सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ ‘फिफाबाट प्रतिबन्धित पूर्व अध्यक्ष गणेश थापा सम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लङघन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानबिन गरी कारवाहीको लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्रचार गर्ने ।’
यस्तै, एन्फाले हालकै वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कलगायत अन्य व्यक्ति उपर गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छार्नावन गरी निर्णयका लागि पत्राचार गर्ने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया