आजभोलि सगरमाथा हिमालको नाम नसुन्ने शायदै कोही होलान् । तर दुःखको कुरो के छ भने, धेरै कम मानिसलाई मात्रै थाहा होला कि सगरमाथा हिमालको भविष्य के हुँदै छ भन्ने बारेमा । विश्वकै एकमात्र ‘आइकोनिक’ को रुपमा स्थापित भएको सगरमाथा हिमालको भविष्य दुःखद हुँदै छ ।
भनाइको मतलब सगरमाथा हिमालको भविष्य अनिश्चित हुँदै गएको छ । जे भए तापनि यो हिमाल आरोहण गर्नका लागि हालसम्म अनुमानित १८–१९ हजारदेखि २०–२१ हजार पर्वतारोहीहरुले प्रयास गरे होलान् । हुन त सगरमाथा एकै व्यक्तिले दोहो¥याएर, तेह¥याएर पनि चढेका छन् । कतिपय पर्वतारोहीले १५ आंैदेखि ३० औं पटक पनि सगरमाथा हिमाल चढिसकेका छन् । त्यसरी एकैजनाले पटक–पटक चढेको गन्दाखेरि लगभग १२ हजारजनाले सगरमाथा हिमाल आरोहण गरिसकेका छन् । तर एकलरुपमा आरोहण गरेकोलाई आधार मानेर गन्दाखेरिचाहिँ लगभग ८ हजार चानचुनले सफलता प्राप्त गरेका छन्, सगरमाथा हिमाल आरोहणको हालसम्मको इतिहासमा ।
अर्थात् सन् १९५३ देखि सन् २०२४ को वसन्त ऋतुसम्ममा । कतिपय मान्छेलाई जातीय कुरो गरेजस्तो पनि लाग्ला । किनभने, सगरमाथा हिमालको असली नाम ‘चोमोलुङ्मा’ हो । अर्थात् आदि अनादि कालदेखि स्थानीय रुपमा बस्दै आएका आदिवासीहरुले ‘चोमोलुङ्मा’ भनी पुकार्थे, अहिले सगरमाथा नामले चिनिने यो हिमाललाई । त्यसो त सगरमाथा हिमाललाई कुलुङ जातिले ‘सोम्फोरोछा’ भनी पुकार्ने गर्छन् । जे होस्, यो पङ्तिकारको विचारमा चाहिँ सगरमाथा हिमालको नाम ‘सगरमाथा–चोमोलुङ्मा–एभरेस्ट’ राख्दा राम्रो हुने देखिन्छ ।
किनभने, तीन नामले स्थानीय, राष्ट्र र व्यापारिक स्वार्थलाई समेट्छ । अब लागौं सगरमाथा हिमाल आरोहणको इतिहास, सगरमाथाको उचाइ र सगरमाथाको नामका सम्बन्धमा । हो, ‘एभरेस्ट’ अथवा ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाका नामहरु अनेक अड्कल गरिएका थिए । जस्तै– ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितिगुती’, ‘चापोलुङ्मा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काइ’, ‘झोमोलुङ्मा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङ्मो’, ‘पिक एक्स भी, ‘१५ औं चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामहरु अड्कल गरिएका थिए । तर पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमालहरु अलग्गै हुन् भन्ने पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो ।
अभैm पनि पर्वतारोहण क्षेत्रमा लागेका पर्वतारोहीहरु र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरु (धेरैजसो विदेशी लेखकहरु) ले चाहिँ ‘चोमोलुङ्मा’ भनी लेखेको÷बोलेको पाइन्छ । स्मरणीय छ, सन् १८५६ मा बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङ्मा’ को नयाँ नाम ‘माउन्ट एभरेस्ट’ राखिएको थियो । सो बेला सर जर्ज एभरेस्ट भने आफ्नो सेवा अवधि सकेर बेलायतको इङ्ल्यान्डमा ‘रिटायर लाइफ’ बिताइरहेका थिए । उनले सन् १८२३ देखि १८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए ।
स्मरणीय कुरा, माथिका सगरमाथासम्बन्धी विभिन्न नाममध्ये केही नामहरु ‘टु द थर्ड पोल’ नामक किताबबाट लिइएको हो । हुन पनि भूगर्भविद् तथा वैज्ञानिकहरुका अनुसार सगरमाथा हिमाल ‘ग्रे लाइस्टोन’ ले बनेको हो भने आजभन्दा १ करोड ५१–५२ लाख वर्षदेखि १ करोड ५६–५७ लाख वर्षअघि सगरमाथा हिमालको उत्पत्ति भएको हो । साथै यो टेथिस महासागर टेक्टोनिक प्लेट सर्ने क्रममा वा भनौं सिद्धान्तअनुसार आजको उचाइको सगरमाथा हिमाल बनेको हो । गुगल सर्चअनुसार टेथिस महासागर आजको एसिया, उत्तर अफ्रिका, अरब मुलुक र भारत रहेको क्षेत्रमा पैmलिएको थियो भने त्यो बेला (करिब ४० मिलियन वर्षअघि) उत्तरतर्पm सर्दै–सर्दै आल्पस पर्वतमाला र हिमालय पर्वतमाला बनेको हो ।
त्यस्तै गरेर करिब ८० मिलियन वर्षअघि आजको भारत ६ हजार ४ सय किलोमिटर दक्षिणको युरेसिया प्लेटमा रहेको थियो भन्ने भनाइ भूगर्भविद्हरुको रहेको छ । जे होस्, नेपाल सरकारले आगामी ९ भदौ, २०८२ (१६ सेप्टेम्बर सन् २०२५) देखि पर्वतारोहीका लागि आरोहण गर्न खुला गरिएका सबै हिमालको शुल्क अर्थात् सलामी दस्तुर बढाउने भएको छ । तर सो कुरो राजपत्रमा आए÷नआएको चाहिँ यो पङ्तिकालाई थाहा भएन । हुन पनि जुनसुकै कुरो सरकारले राजपत्रमा प्रकाशित नगरेसम्म लागू हुँदैन । सूत्रहरुका अनुसार नेपाल सरकारले नेपालमा रहेकामध्ये विभिन्न हिमालमध्ये पर्वतारोहीका लागि आरोहण गर्न खुला गरिएका सबै हिमालको शुल्क अर्थात् सलामी दस्तुर बढाउने भएको छ । खासमा यो लेख सगरमाथा हिमाललगायत सबै उचाइका हिमालको आरोहणबापत पहिले लाग्दै आएको शुल्क अर्थात् सलामी दस्तुर र अब लागू हुने भनी तोकिएका सबै हिमाल शुल्क अर्थात् सलामी दस्तुरबारे छोटकरीमा र बढीचाहिँ यसको (सगरमाथा हिमालको) चिन्ता किन गर्ने ? आदि इत्यादि बारेमा केन्द्रित छ ।
त्यसो त केही वर्षअघिसम्म सगरमाथा हिमालको उचाइका सम्बन्धमा पनि धेरै विवाद हुने गरेको थियो । वि.सं. २०७२ मा नेपालमा भूकम्प गएपछिचाहिँ नेपालकै भूगोलविद् र भूगर्भविद्हरुले पनि सगरमाथा हिमाल बढेको हुन सक्ने भनी कुरो उठाउन थालेपछि नेपाल सरकारले पनि तदारुकताका साथ सगरमाथा हिमालको उचाइ घटेको वा बढेको के हो ? सत्यतथ्य पत्ता लगाउनका लागि नापी विभागका कर्मचारीहरुको टोली गठन ग¥यो । सो अध्ययन टोलीले आफ्नो प्रतिवेदनमा सगरमाथा हिमालको उचाइ पहिलको भन्दा केही सेन्टिमिटर बढेको भनी सरकारलाई आफ्नो अध्ययन प्रतिवेदन बुझायो ।
त्यही प्रतिवेदनलाई वि.सं २०७७ मंसिर २३ (सन् २०२० डिसेम्बर ८) का दिन औपचारिकरुपमा मान्यता दिइएको थियो । जसमा उत्तरी छिमकी चीन (जुन देशको स्वशासित क्षेत्र तिब्बतमा पनि सगरमाथा पर्छ, सगरमाथा हिमाल नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा क्षेत्रमा रहेको छ) ले संयुक्तरुपमा सगरमाथा हिमालकोे नयाँ उचाइ ८,८४८.८६ मिटरलाई मान्यता दिएको छ । साथै आधिकारिकरुपमा लेख्दाचाहिँ सगरमाथाको उचाइ ८,८४९ मिटर (२९,०३२ फिट) लेख्न थालिएको छ ।
यसरी सगरमाथा हिमाल आरोहणको इतिहास हेर्दा सन् १९२२ बाट शुरु भएको देखिन्छ ।
त्यसयता सन् २०२४ को वसन्त ऋतुसम्म नेपाललगायत विभिन्न देशका करिब ८ हजार पर्वतारोहीहरुले सगरमाथा आरोहण गरिसकेका छन् । सन् २०२३ मा त सगरमाथा आरोहण अनुमति जारी गरेबापत ६६ करोड ६४ लाख २० हजार नेपाली रुपियाँ बराबरको विदेशी मुद्रा सलामी रकम पर्यटन विभागले संकलन गरेको थियो । यसरी लाखौं अमेरिकी डलर खर्च गरेर जिन्दगीमा एकपटक जसरी भए पनि ‘विश्वको अग्लो हिमाल सगरमाथा चढेरै छाड्ने’ अठोट र सपना साँचेर नेपाल आउँछन्, विश्वका कैयौं देशका पर्वतारोहीहरु ।
तर सगरमाथा आरोहण व्यक्तिको इज्जत, मान, सम्मान, कीर्तिमान राख्न, आफ्नो देशको नाम विश्वभरि पैmलाउन र अजर–अमर राख्नभन्दा जसरी पनि चढ्नै पर्ने रहरको विषय हुन थालेको छ । यसले गर्दाखेरि सगरमाथा आरोहण पनि आजभोलि एउटा राम्रो व्यापारका रुपमा फस्टाइरहेको देखिन्छ ।
जसले गर्दा सगरमाथा आरोहण गर्नका लागि आफ्नो व्यक्तिगत स्वास्थ्य, शारीरिक तन्दुरुस्ती, शरीरमा स्टामिनाको कमी र हिमाल चढेको (खास गरी ७ हजार, ८ हजार मिटरन्दा अग्लो हिमाल) चढेको अनुभव भए तापनि जसरी पनि सगरमाथा चढेरै छाड्ने जिद्धिपनसहित पर्वतारोहीहरु आउन थालेका छन् । माथिका अनेक कारणहरुबाहेक सगरमाथा आरोहणका लागि साहस, धैर्यता र मौसमको साथ पनि अनिवार्य सर्त हो । अझ मौसमले साथ दिनका लागि त प्रायः सबै पर्वतारोहीहरुले कैयौं दिनसम्म उपयुक्त समय पर्खेर क्याम्प–२, क्याम्प–३, क्याम्प–४ मा बस्नुपर्ने हुन्छ ।
सन् २०२२ फेब्रुअरी ५ मा बीबीसी नेपाली सेवाले आफ्नो अनलाइन संस्करणमा प्रकाशित गरेको एक रिपोर्टअनुसार सगरमाथाको आसपास रहेका हिमनदीमा विगत २ हजार वर्षदेखि जमेर रहेको बरफ केही वर्षअघिदेखि तीव्र गतिमा पग्लन शुरु भएको छ । सो रिपोर्टमा जनाइएअनुसार लगभग ७ हजार ९ सय मिटरको उचाइमा रहेको साउथकोल र त्यसवरिपरि रहेको ग्लेसियरको बरफ पग्लिने क्रम ८० गुणाले छिटो रहेको देखाएको छ ।
यसले के संकेत गर्दै छ त ? यसको संकेत भनेको अब सगरमाथा हिमालको आयु छोटिँदै छ । केही गरी सगमारथा हिमालमा हिउँ पर्न छाड्यो अनि बरफ जम्न पनि छाड्यो भने, चट्टानी भीर–पहराको बाटो मात्रै हिँडेर सगरमाथा हिमालको शिरमा पुग्नलाई मै हुँ भन्ने नामुद पर्वतारोहीलाई पनि धेरै गाह्रो अथवा भनौं असम्भवजस्तै हुनेछ । त्यस्तै के भनिन्छ भने, सगरमाथा हिमालको आधार शिविर पनि विगतको समयमा भन्दा १ सय ५० मिटर तल सरिसकेको छ ।
त्यसैले विश्वका विभिन्न देशका पर्वतारोहीहरुका लागि कीर्तिमान राख्ने, नेपाल सरकारका लागि हिमाल आरोहणबाट हुने प्राप्त हुने सलामी रकममध्ये सबैभन्दा धेरै सलामी रकम प्राप्त हुने सगरमाथा हिमालको भविष्यबारे अब हामीले चिन्ता नगर्ने, केही नसोच्ने, छलफल र बहस चलाउन नजुर्मुरिने हो भने सगरमाथा हिमालको अस्तित्व रहला व नरहला, यसै भन्न सकिन्न । त्यसैले लामो समयसम्म सगरमाथा हिमालसहित अन्य हिमालहरु बचाइराख्न अहिले नै तदारुकताका साथ काम नगर्ने हो भने कहिले गर्ने ? अहिले पनि समय घर्की सकेको छैन ।
त्यसैले बेला छँदै जल तथा मौसमविद्, वातावरणविद्, भूगर्भविद्, वैज्ञानिक, नेपाल सरकार र सरकारको जिम्मेवार निकाय अनि माताहतमा बसेका महानुभावहरु, ग्रुप लिडर, सरदार, पर्वतारोही, स्वदेशी एवं विदेशी पर्यटन व्यवसायी, त्यसमा पनि पर्वतारोहणसम्बन्धी व्यापार–व्यवसाय गरिरहेका ट्राभल तथा टे«किङ एजेन्सीका सञ्चालकहरु सबैले मिलेर सगरमाथा हिमालको आयु तन्काउने काम शुरु गरिहाल्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया