काठमाडौं
महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको नेपाल दसैं अभियान २०२४ को विजेताहरु घोषणा गरेको छ ।
नेपालीको महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमको अधिकतम प्रयोग होस् भन्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो ।
विजेत क्रमश नारायण कार्की र सन्तोषध्वज कार्की रहनु भएको छ । यस अन्तर्गत विजेताले माल्दिभ्स वा श्रीलंका मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालभरबाट उक्त अभियानमा ग्राहकको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियानबाट ग्राहकको नविनतम भुक्तानीका माध्यमको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पुग्नेविश्वास बैंकले लिएको छ ।
महालक्ष्मी विकास बैंक यस अभियानमा जोडिएका तथा विजेता बन्न सफल भएका प्रयोगकर्तालाई बैंकको तर्फबाट हार्दिक आभार तथा बधाई ज्ञापन गर्दछ । बैंकले हालै ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुसविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया