ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी मेडिकल कलेजमा छुट


काठमाडौं
ग्लोबल आइएमई बैंक र लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालबीच बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट दिने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता शिवाकोटी र अस्पतालका अध्यक्ष गोपालबहादुर पोखरेलले हस्ताक्षर गर्नु भएको थियो ।

सम्झौताअनुसार बैंकका कार्डबाहक तथा ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एप प्रयोगकर्ताहरूले अस्पतालका विभिन्न सेवामा छुट पाउने छन् । छुट पाउने सेवामा सामान्य बेड, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासोनोग्राफी, ओपीडी तथा अपरेसनलगायतका सेवा समावेश छन् ।