काठमाडौं
सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ शाखा खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी–१ मा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको २ सयवटा शाखा भएका छन् । नयाँ शाखाको सञ्चालनसँगै कोशी प्रदेशमा सञ्चालनमा रहेका शाखाको संख्या २८ पुगेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले ग्राहकलाई उत्कृष्ट सेवा सुविधा पु¥याउने क्रममा दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको बताउनुभयो । सोही अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय श्री महेन्द्रोदय माध्यमिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएको छ ।
प्रतिक्रिया