काठमाडौं
भिसा कार्ड इन्टरनेसनलले सञ्चालन गरेको भिसा खर्चकर्ता अभियानमा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक शीर्ष २५ मा परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहक विजेताले एक जोडीका लागि विदेश भ्रमणको दुईतर्फी टिकट प्राप्त गरेको भिसा कार्ड इन्टरनेसनलले बैंकलाई जनाएको छ ।
बैंकले एक कार्यक्रमका पाँच विजेतालाई उपहार वितरण गरेको थियो । नबिल बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया